रोड्रिग्वेजलाई समेट्दै फिफा विश्वकप खेल्ने कोलम्बियाको टोली घोषणा
onlinekhabar.com · Tue May 26 08:12:12 GMT 2026

१२ जेठ, काठमाडौं । फिफा विश्वकप २०२६ का लागि कोलम्बियाको अन्तिम टोली घोषणा भएको छ । टोलीमा कप्तान जेम्स रोड्रिग्वेज समावेश छन् ।
३४ वर्षीय मिडफिल्डर रोड्रिग्वेज यस सिजन स्वास्थ्य समस्याका कारण धेरै खेल खेल्न सकेका थिएनन् । मार्चमा फ्रान्ससँगको मैत्रीपूर्ण खेलपछि उनी अस्वस्थ भई अस्पतालमा भर्ना भएका थिए । तर पूर्ण रूपमा फिट भएपछि उनलाई विश्वकप टोलीमा समेटिएको हो ।
टोलीमा लुइस डियाज, डानियल मुनोज, जेफरसन लेर्मा र अनुभवी गोलकिपर डेभिड ओस्पिना पनि छन् ।
कोलम्बियाले विश्वकपअघि जुन १ मा कोस्टा रिका र जुन ७ मा जोर्डनसँग मैत्रीपूर्ण खेल खेल्नेछ ।
कोलम्बिया समूह ‘के’ मा रहेको छ । उसले जुन १७ मा डेब्यु टोली उज्बेकिस्तानविरुद्ध पहिलो खेल खेल्नेछ । त्यसपछि डीआर कंगो र पोर्चुगलसँग प्रतिस्पर्धा गर्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)
काठमाडौँ
फिफा