‘लालीबजार’ को मुद्दामा इजलासले माग्यो फिल्मको सफ्टकपी, पेशी भोली नै
onlinekhabar.com · Tue May 26 08:19:58 GMT 2026

काठमाडौं । उच्च अदालत पाटनले फिल्म ‘लालीबजार’ को सफ्टकपी इजलासमा पेश गर्न आदेश दिएको छ । न्यायाधीशद्वय स्वीकृति पराजुली र सूर्यप्रसाद पराजुलीको संयुक्त इजलासले फिर्ता लैजाने गरि फिल्मको सफ्टकपी पेश गर्न निर्माता कम्पनी षट्कोण आर्ट्सलाई आदेश दिएको हो ।
साथै, इजलासले आजै केन्द्रीय चलचित्र जाँच समितिबाट यो फिल्मलाई प्रदर्शन अनुमति दिने निर्णयसँग सम्बन्धित सक्कल मिसिल झिकाउन समेत आदेश दिएको छ । सर्वोच्च अदालतको आदेशअनुसार, अन्तरिम आदेश जारी गर्नुपर्ने वा नपर्ने सम्बन्धमा मंगलबारको इजलासले फिल्मको सक्कल प्रति झिकाउन आदेश जारी गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)
काठमाडौँ