अर्घाखाँचीमा जंगली च्याउ खाएर एक महिलाको मृत्यु
shilapatra.com · Tue May 26 08:21:32 GMT 2026

अर्घाखाँचीमा जंगली विषालु च्याउ खाएर एक महिलाको मृत्यु भएको छ । जंगली च्याउ खाएर बिरामी परेकी शितगंगा नगरपालिका–१३, जौंबारीकी ४७ वर्षिया मनकला भुसालको उपचारको क्रममा मंगलबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक झलकप्रसाद शर्माले जानाकारी दिए ।
यही जेठ ६ गते जंगलबाट च्याउ ल्याएर खाएपछि मनकला बिरामी परेकी थिइन् । लगातार बान्ता भएपछि उनलाई सुरुमा स्थानीय अस्पतालमा लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)