देशभरका सबै विद्यालय बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय
farakdhar.com · Mon Apr 26 16:50:20 GMT 2021
कोरोनाको दोस्रो लहर तीव्र गतिमा फैलिएपछि सरकारले मुलुकभरका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ। सोमबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरसको संक्रमण बढेको निचोडसहित अर्को सूचना नआउन्जेललाई सबै विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद् बैठकले अनलाइनमार्फत कक्षा सञ्चालन गर्न निर्देशन दिने निर्णय पनि गरेको एकजना मन्त्रीले जानकारी दिएका छन्। बैठकले विद्यालय र क्याम्पससहितका सबै किसिमका परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)