मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

काठमाडौंको गोकर्णेश्वरमा बर्डफ्लु भेटियो, संक्रमित कुखुरा र अण्डा नष्ट

ajakoartha.com · Tue May 26 08:28:00 GMT 2026

काठमाडौं- काठमाडौंको गोकर्णेश्वर नगरपालिकाको तीन वटा वडामा बर्डफ्लु संक्रमण पुष्टि भएको छ।

नगरपालिकाका अनुसार वडा नम्बर २, ३ र ४ मा ‘हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा’ अर्थात् बर्डफ्लु संक्रमण देखिएको हो।

नगरपालिकाले उक्त भाइरस मानिसमा समेत सर्न सक्ने ‘जुनोटिक’ प्रकृतिको र उच्च जोखिमयुक्त भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ। संक्रमण फैलिन नदिन प्रभावित क्षेत्रका हाँस, कुखुरा, बट्टाई, लौकाट, अण्डा तथा दाना लगायत सामग्री सुरक्षित रूपमा नष्ट गरी विसर्जन गरिएको नगरपालिकाले जनाएको छ।

स्थानीयवासीलाई संक्रमित क्षेत्रबाट पक्षीजन्य वस्तुको ओसारपसार नगर्न र कुनै असामान्य लक्षण देखिए तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन आग्रह गरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)

सम्बन्धित विषय