सुर्तीजन्य पदार्थमा शतप्रतिशत कर वृद्धि गर्नुपर्ने सांसदहरुको सरकारलाई सुझाव
kathmandupati.com · Tue May 26 08:31:57 GMT 2026

काठमाण्डु- सुर्तीजन्य पदार्थका कारण बर्सेनि ३९ हजार बढी नागरिकले अकालमै ज्यान गुमाउने गरेको छ । सांसदहरूले आगामी आर्थिक वर्षको बजेटमार्फत सुर्र्तीजन्य पदार्थमा शतप्रतिशत कर वृद्धि गर्न सरकारलाई सुझाव दिएको छ ।
नेपालमा हाल सुर्र्तीजन्य पदार्थमा ४० प्रतिशत मात्रै कर लाग्दै आएकोमा विश्व स्वास्थ्य सङ्गठनका अनुसार कम्तीमा ७५ प्रतिशत कर लगाउन सांसदहरुले आग्रह गरे । सुर्र्तीजन्य पदार्थबाट वार्षिक रु ३३ अर्ब राजस्व उठे तापनि स्वास्थ्य र उपचारबापतको भार रु ४५ अर्ब बढी रहेको सांसदहरूले बताएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)