नेपालका कप्तान रोहित भन्छन्- हामीलाई भन्दा श्रीलंकालाई दबाब छ
setopati.com · Mon Jun 10 23:19:00 UTC 2024
आइसिसी टी-२० विश्वकप २०२४ अन्तर्गत नेपालले आफ्नो दोस्रो खेल स्थानीय समयअनुसार मंगलबार राति ७:३० बजे (नेपाली समयअनुसार बुधबार विहान सवा पाँच बजे) श्रीलंकासँग खेल्दैछ। समूह ‘डी’ मा नेपाल र श्रीलंका दुवै टोली पहिलो जितको खोजीमा हुनेछन्।
नेपालले अमेरिकाको डालासमा नेदरल्यान्ड्सविरूद्धको पहिलो खेल ६ विकेट गुमाएको थियो। श्रीलंकाले भने सुरूवाती दुवै खेलमा पराजय भोगेको छ। श्रीलंकालाई पहिलो खेलमा दक्षिण अफ्रिकाले ६ विकेट र दोस्रो खेलमा बंगलादेशले २ विकेटले पराजित गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)