वैदेशिक रोजगारीमा मृत्यु भएका सन्तोष राईको शव ल्याउन ढिलाइ, संसदमा उठ्यो प्रश्न
kalakarmi.com · Tue May 26 08:17:43 GMT 2026

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले वैदेशिक रोजगारीका क्रममा कम्बोडियामा निधन भएका नेपाली नागरिकको शव स्वदेश ल्याउन सरकारको ध्यानाकर्षण गराएकी छन् ।
मंगलवार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद तामाङले धादिङको धुनीबेसी नगरपालिका वडा नम्बर ९ का सन्तोष राईको गत वैशाख २२ गते कम्बोडियामा निधन भएको जानकारी दिइन् । मृत्यु भएको २१ दिन बितिसक्दा पनि मृतकको पार्थिव शरीर अझै नेपाल ल्याउन नसकिएको भन्दै उनले चिन्ता व्यक्त गरिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)