विपतकाे उच्च जोखिममा वीरेन्द्रनगर
gorkhapatraonline.com · Fri Jun 19 04:05:01 GMT 2026

वीरेन्द्रनगर नगरपालिकाका लगभग १८ हजारभन्दा बढी घरधुरी विभिन्न खाले प्राकृतिक प्रकोप र विपत्को उच्च जोखिममा रहेको पाइएको छ । विपत् पूर्वतयारी तथा प्रतिकार्य योजनाको अध्ययन प्रतिवेदनले यहाँका करिब ६१ प्रतिशत घरधुरी जोखिममा रहेको जनाएको छ । नगरपालिकाको १६ वटै वडामा रहेका २९ हजार २१६ घरधुरीमध्ये १७ हजार ९४२ घरधुरी प्राकृतिक प्रकोपको जोखिममा देखिएका छन् । नगरका सबै वडा कुनै न कुनै प्राकृतिक प्रकोपको जोखिममा भएको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
कतिपय वडामा पहिरो र केहीमा बाढी तथा डुबानलगायतको जोखिम उच्च रहेको छ । वडा नम्बर–१२ को खोरिया, १३ को अधिकांश भूभाग, १४ र १५ को सबै क्षेत्र पहिरोको जोखिममा छ । उक्त वडामा बसोबास गर्ने एक हजार ३३५ घरधुरीमध्ये ६६७ घरमा पहिरोको जोखिम रहेको प्रतिवेदनले औँल्याएको छ । वीरेन्द्रनगर नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत प्रकाश पौडेलका अनुसार १ देखि ८ र १२ नम्बर वडा बाढीको जोखिममा छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)