मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

वनक्षेत्र अतिक्रमण संरचना हटाउने निर्णय

gorkhapatraonline.com · Fri Jun 19 04:09:18 GMT 2026

जाजरकोटमा वनक्षेत्र अतिक्रमण गरी निर्माण गरिएका अवैध भौतिक संरचना हटाउने निर्णय गरिएको छ । डिभिजन वन कार्यालय जाजरकोटको आयोजनामा बसेको जिल्ला वन अतिक्रमण नियन्त्रण समितिको बैठकले वन तथा सरकारी जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीको संयोजकत्वमा बसेको बैठकले अतिक्रमण नियन्त्रणका लागि ठोस कार्ययोजना अघि सारेको छ । डिभिजन वन कार्यालयका डिभिजनल वन अधिकृत दिपेश केसीका अनुसार हाल जिल्लाभर करिब एक हजार ५५२ हेक्टर वनक्षेत्र विभिन्न व्यक्ति तथा समूहले अतिक्रमण गरेका छन् । वनक्षेत्र संरक्षण र अवैध अतिक्रमणलाई निरुत्साहित गर्ने उद्देश्यले कार्यालयले हटाउने अभियानलाई तीव्रता दिने निर्णय गरेकोे छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)