जेन जी आन्दोलनको मर्म र भावनामाथि कुठाराघात
nepalviews.com · Fri Sep 11 03:15:20 GMT 2026

जेन जी आन्दोलन भएको एक वर्ष पूरा भएको छ । एक वर्षअघि सडकमा उत्रिएको त्यो पुस्ताले केवल सरकार परिवर्तनको माग गरेको थिएन । उसले राज्य सञ्चालनको शैली परिवर्तन गर्न खोजेको थियो । उसले भ्रष्टाचार, नातावाद, कृपावाद र संरक्षणवादबाट थिलथिलो भएको शासन व्यवस्थाविरुद्ध प्रश्न उठाएको थियो । उसले सुशासन खोजेको थियो । उसले रोजगारी खोजेको थियो । उसले राज्यका सेवा सहज, पारदर्शी र जवाफदेही हुनुपर्ने माग गरेको थियो ।
सबैभन्दा महत्त्वपूर्ण कुरा, जेन जी आन्दोलन कुनै व्यक्ति वा दलको पक्षमा भएको आन्दोलन थिएन । त्यो पुरानो राजनीतिक संस्कारविरुद्धको विद्रोह थियो । तर एक वर्षपछि फर्केर हेर्दा प्रश्न उठ्छ– त्यो आन्दोलनले खोजेको परिवर्तन कहाँ छ?
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)