१० किलोमिटर दौडमा रोकाय र श्रेष्ठ प्रथम
baahrakhari.com · Fri Jun 19 04:12:13 GMT 2026

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशालामा सुरु भएको ४६औँ नेशनल एथलेटिक्स च्याम्पियनसिपको १० किलोमिटर दौड प्रतियोगितामा पुरुषतर्फ नेपाल आर्मीका राजन रोकाय र महिलातर्फ वाग्मती प्रदेशकी सन्तोसी श्रेष्ठ प्रथम भएका छन् ।
कर्णाली प्रदेशमा पहिलोपटक आयोजना उक्त प्रतियोगितामा देशभरका सात प्रदेश तथा तीन विभागीय टोलीका खेलाडीले सहभागिता जनाएका थिए । प्रतियोगितामा ३२० खेलाडी प्रतिस्पर्धामा उत्रिएको नेपाल एथलेटिक्स संघका केन्द्रीय सचिव राधाकृष्ण विष्टले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)