मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

जेनजी पुस्ताको कथामा ‘झरीपछिको इन्द्रेणी’

barnanmedia.com · Sun Dec 07 22:51:12 GMT 2025

काठमाडौँ, २२ मङ्सिर : हाँस्य कलाकारका रुपमा स्थापित अर्जुन घिमिरे ‘पाँडे’ले निर्देशन गर्नुभएको चलचित्र ‘झरीपछिको इन्द्रेणी’ जेनजी पुस्ताको कथामा तयार पारिएको छ ।

आज ललितपुरस्थित एक चलचित्र भवनमा चलचित्रको ‘ट्रेलर’ सार्वजनिक गर्दै निर्देशक घिमिरेले भ्रष्टाचार र बेथितिविरुद्ध एक जेनजी पुस्ताले गर्ने सङ्घर्षलाई चलचित्रको मुख्य विषयवस्तु बनाएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले एउटा नागरिकले सोच्ने एङ्गलबाट कथा तयार पारेर चलचित्र तयार गरेका थियौँ । पछिल्लो समय देशको घटनाक्रमसँग मिल्दो देखिएको छ । सायद, यो देशप्रति नागरिकको सोच मिलेको हुनसक्छ । हामीले देशमा परिवर्तन हुनु अगाडि नै चलचित्रको लगभग छायाङ्कन सकाएका थियौँ ।”

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)