खोटाङमा घरमै राहदानी वितरण सुरु
nepalnews.com · Tue May 26 08:44:17 GMT 2026

खोटाङ। जिल्ला प्रशासन कार्यालय खोटाङले सेवाग्राहीको राहदानी घर-घरमा पुर्याउन जिल्ला हुलाक कार्यालय खोटाङलाई जिम्मा दिएको छ।
सेवाग्राहीको राहदानी सम्बन्धित जिल्ला हुलाक कार्यालयमार्फत उनीहरूको घरमै पुर्याएर वितरण गर्न नेपाल सरकारले दिएको निर्देशनअनुसार जिल्ला प्रशासन कार्यालयले हुलाक कार्यालयलाई राहदानी जिम्मा दिएको हो। गत १५ वैशाख गतेपछि आवेदन दिएका १५७ जना सेवाग्राहीमध्ये ३७ जनाको राहदानी घर-घरमा पुर्याउन हुलाक कार्यालयलाई जिम्मा लगाइएको जिल्ला प्रशासन कार्यालय खोटाङका राहदानी शाखा प्रमुख दिनेश आचार्यले जानकारी दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)