फास्ट ट्र्याकको ९ ‘ख’ खण्डमा निर्माण प्रगति १ प्रतिशत
kendrabindu.com · Fri Jun 19 04:25:08 GMT 2026

काठमाडौं । काठमाडौं–तराई/मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत १३ वटा प्याकेज बनाएर निर्माणको काम अघि बढाइएको छ। त्यसमा ९ ‘ख’ खण्डमा दुई वर्षको निर्माण प्रगति १ प्रतिशत मात्र छ। कुलेखानीको ड्याम फुट्ने र बागमतीको बाढी पुनः डिजाइन गर्नुपर्ने बाध्यता, विस्फोटक पदार्थ ल्याउन गृह मन्त्रालय हुँदै गर्नुपर्ने प्रक्रियागत झन्झट, निर्माणस्थलमा पर्ने रुख कटानमा ढिलाइलगायत कारणले प्रगतिमा ढिलाइ भएको ठेकेदार कम्पनीको भनाइ छ।
अहिले १, २, ३, ४, ५, ६, ७, ८ ‘क’ र ‘ख’ र ९ ‘क’ र ‘ख’ र १० नम्बर प्याकेजमा मात्र ठेक्का भएर काम भएको छ। ११ नम्बर प्याकेजमा रहेको खोकना–डुकुछाप खण्डमा जग्गा अधिग्रहण सम्बन्धमा निर्णय हुनै बाँकी छ। ठेक्का भएर काम गरिएका खण्डमध्ये ९ ‘क’ र ‘ख’ को निर्माण प्रगति तीन प्रतिशत पुगेको ठेकेदार कम्पनी जियाङ्सी–हनुमान–बानियाँ जेभीको दाबी छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)
काठमाडौँ