इरान–अमेरिका सम्झौता फलदायी, आलोचनको तुक छैन : ट्रम्प
bishowkhabar.com · Fri Jun 19 04:26:20 GMT 2026

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भएको नयाँ सम्झौताको आलोचना गर्दै आएका व्यक्तिहरूलाई ‘ईर्ष्यालु, खराब वा मूर्ख’ भएको टिप्पणी गरेका छन् ।
सम्झौतापछि सेयर बजार उकालो लागेको र तेलको मूल्य घटेको उनले बताएका छन् ।
अमेरिका र इरानबीच भएको समझदारीअनुसार स्ट्रेट अफ होर्मुज पुनः खुल्ने तथा आगामी दुई महिनासम्म इरानको आणविक कार्यक्रमबारे वार्ता जारी रहनेछ ।
इरानले सम्झौताको कार्यान्वयन चरणमा प्रवेश गरेको जनाएको छ ।
यद्यपि सम्झौताले इरानलाई ठूलो आर्थिक लाभ दिएको र आणविक कार्यक्रमलाई पर्याप्त रूपमा नियन्त्रण नगरेको भन्दै अमेरिकाका केही रिपब्लिकन नेता तथा इरानभित्रका कट्टरपन्थी समूहहरूले आलोचना गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)
डोनाल्ड ट्रम्प
काठमाडौँ