एक वर्षसम्म निःशुल्क खानेपानी
gorkhapatraonline.com · Fri Sep 11 03:36:04 GMT 2026

कैलालीको बर्दगोरिया गाउँपालिकाले शुद्ध खानेपानी सेवा निःशुल्क गर्ने भएको छ । गाउँपालिकाले वडा नम्बर ३ मा निर्माण पूरा गरेको रानीकुण्डा खानेपानी आयोजना उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कुँवरले आयोजनाबाट सेवा लिने उपभोक्तालाई एक वर्षसम्म खानेपानी निःशुल्क उपलब्ध गराइने घोषणा गर्नुभएको हो ।
अध्यक्ष कुँवरले एक वर्षपछि पनि उपभोक्तालाई निश्चित युनिटसम्म खानेपानी महसुलमा छुट दिने विषयमा सङ्घीय तथा प्रदेश सरकार र विश्व बैङ्कसँग समन्वय तथा छलफल भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले यस आयोजना अन्तर्गतका जनतालाई एक वर्षसम्म निःशुल्क खानेपानी दिने छौँ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)