मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भदौ २३ र २४ को दोषीहरूलाई कारबाही गर्ने हो भने सदन आधा रित्तिन्छ : हर्क साम्पाङ

nagariknews.nagariknetwork.com · Fri Jun 19 04:19:38 GMT 2026

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले भदौ २३ र २४ को दोषीहरू सबैलाई कारबाही गरेको खण्डमा संसद नै आधा रित्तिने बताएका छन्।

शुक्रबार बिहान सामाजिक सञ्जलामार्फत उनले यस्तो बताएका हुन्। 'भदौ २३ र २४ को दोषीहरू सबैलाई कारबाही गर्ने हो भने सदन आधा रित्तिने देखिन्छ,' प्रतिनिधिसभा सांसद साम्पाङले लेखेका छन्।

साथै, उनले राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा नजाने घोषणा पनि गरेका छन्। सभापति रवि लामिछानेले महाधिवेशनमा विशिष्ट अतिथिको रूपमा सहभागी भई शुभकामना दिन पठाएको निम्तो अस्वीकार गर्दै साम्पाङले आफू उपस्थित हुन नसक्ने जानकारी दिएका हुन्।

Follow @nagarik_news

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)