कम्बोडियामा निधन भएका सन्तोष राईको शव स्वदेश ल्याउन आग्रह
kendrabindu.com · Tue May 26 09:06:46 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले वैदेशिक रोजगारीका क्रममा कम्बोडियामा निधन भएका नेपाली नागरिकको शव स्वदेश ल्याउन सरकारको ध्यानाकर्षण गराएकी छन् ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद तामाङले धादिङको धुनीबेसी नगरपालिका वडा नम्बर ९ का सन्तोष राईको गत वैशाख २२ गते कम्बोडियामा निधन भएको जानकारी दिइन् । मृत्यु भएको २१ दिन बितिसक्दा पनि मृतकको पार्थिव शरीर अझै नेपाल ल्याउन नसकिएको भन्दै उनले चिन्ता व्यक्त गरिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)
काठमाडौँ