मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

दक्षिण कोरियाको पनि नकआउट चरण प्रवेशको सम्भावना कायमै

nagariknews.nagariknetwork.com · Fri Jun 19 04:30:59 GMT 2026

मेक्सिको फिफा विश्वकप फुटबलको नकआउट चरणमा पुगेको छ। समूह ‘ए’ अन्तर्गतको आफ्नो दोस्रो खेलमा दक्षिण कोरियालाई पराजित गर्दै मेक्सिको जारी प्रतियोगिताको नकआउट चरणमा पुग्ने पहिलो टोली बन्यो।

मेक्सिकोको इस्तादियो ग्वादालाहारा स्टेडियमा आज भएको खेलमा मेक्सिकोले दक्षिण कोरियालाई १–० गोलअन्तरले पराजित गर्यो।

आज मेक्सिकोसँग पराजित भए पनि दक्षिण कोरियाको पनि नकआउट चरण प्रवेशको सम्भावना कायमै रहेको छ। तीन अङ्क बटुलेको दक्षिण कोरियाले पहिलो खेलमा चेक रिपब्लिकलाई पराजित गरेको थियो। यसै समूहमा रहेका चेक रिपब्लिक र दक्षिण अफ्रिकाको समान एक/एक अङ्क छ। उनीहरूको पनि अघिल्लो चरण प्रवेशको सम्भावना कायमै छ।

विभिन्न ४८ राष्ट्र सहभागी यस विश्वकपको नकआउट चरणमा ३२ टोली पुग्ने छन्। जसमा प्रत्येक समूहबाट शीर्ष दुई टोली र तेस्रो हुने मध्येबाट उत्कृष्ट आठ टोली गरी ३२ राष्ट्रले नकआउट चरणमा खेल्ने छन्।

Follow @nagarik_news

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)

सम्बन्धित विषय