कक्षा १२ को नतिजा सार्वजनिक
nepallive.com · Fri Jun 19 04:30:36 GMT 2026

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले कक्षा–१२ को नतिजा सार्वजनिक गरेको छ । शुक्रबार (असार ५) बोर्डले परीक्षाफल प्रकाशन गरेको हो ।
बोर्डका अनुसार, सबै विषयमा ग्रेड प्राप्त परीक्षार्थीको कुल संख्या दुई लाख ६८ हजार १९० छ । कुल उत्तीर्ण (ग्रेड प्राप्त) प्रतिशत ६४.१३ रहेको बोर्डले जनाएको छ।
यस वर्ष कुल ४० परीक्षार्थीको परीक्षा रद्द गरिएको छ । परीक्षामा कुल चार लाख १८ हजार १७० विद्यार्थी सहभागी थिए ।
प्रकाशित मिति: शुक्रबार, असार ५, २०८३
१०:१५
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)
राष्ट्रिय परीक्षा बोर्ड
काठमाडौँ