मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

परजीवी नियन्त्रणका लागि महानगरद्वारा निःशुल्क औषधि वितरण

hamrakura.com · Tue Jun 11 00:00:00 UTC 2024

विराटनगर । विराटनगर महानगरपालिकाले पशुपालक किसानलाई पशुमा लाग्ने परजीवी रोग नियन्त्रणका लागि निःशुल्क औषधि वितरण गरेको छ । महानगरको पशुपंक्षी शाखाले वडा नं १८ को भेडियारी टोलमा आयोजित कार्यक्रममा पशु किसानलाई परजीवी नियन्त्रणसम्बन्धी औषधि वितरण गरेको हो ।

त्यस क्षेत्रमा किसानले गाई, भैँसी र बाख्रा व्यावसायिक रुपमा पाल्दै आएका छन् । आन्तरिक परजीवीका कारण उत्पादनमा नोक्सानी खेप्दै आएकाले औषधि वितरण गरिएको महानगरका पशुपंक्षी महाशाखाका प्रमुख शुभनारायण यादवले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)