मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

के बाँदर मार्नै पर्ने हो ?

baahrakhari.com · Fri Jun 19 04:41:58 GMT 2026

बाँदरको समस्या हालसालै मात्र देखिएको होइन । यसको इतिहास निकै पुरानो छ । पहिले गाउँमा अधिकांश मानिस खेतीपातीमै संलग्न हुन्थे । बाँदरले पुर्‍याउने क्षति धेरै किसानमा बाँडिने भएकाले समस्या त्यति चर्को अनुभूत हुँदैनथ्यो । अहिले भने युवा रोजगारीका लागि विदेशिएकाले खेती हुने क्षेत्रफल घटेको छ । यसैले बाँदरको क्षति केही सीमित कृषकमा केन्द्रित भएको छ । पहाडका ठूला भूभाग बाँझै छन्, खेती गर्न सक्ने जनशक्तिको पनि अभावमा छ । यही कारण बाँदरको समस्या बर्सेनि बढ्दो देखिन्छ ।

यस विषयमा कसै कसैले ‘मान्छे पहिले कि वन्यजन्तु?’ भन्ने प्रश्न उठाउँदै बाघजस्ता वन्यजन्तुलाई समेत मार्न पाउनुपर्ने माग गरेको सुनिन्छ । बाघले मानिस मार्‍यो भनेर बाघ मार्नुपर्छ भन्ने तर्क तिनको हुन्छ । मानिसले मानिसको हत्या गरेको समाचार पनि त दिनहुँ सुनिन्छ । मानिस नै मार्नुपर्छ भन्ने वकालत कसैले गर्दैन । त्यसैले यस्ता विषयलाई राजनीतिक विवादको विषय बनाउनुभन्दा शान्तिपूर्ण र विवेकयुक्त ढंगले सोच्नु आवश्यक छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)

सम्बन्धित विषय