राष्ट्रपति भेटेर एमाले अध्यक्ष बालकोट पुग्नुभयो
janaaastha.com · Sat Sep 03 16:07:48 GMT 2022
नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ । अध्यक्ष ओली राष्ट्रपतिसँग भेट गर्न साँझ पौने ७ बजेको समयमा शीतल निवास पुग्नुभएको थियो ।
उहाँहरुबीच राति ९ बजेको हाराहारीसम्म कुराकानी भएको छ । शीतल निवासबाट निस्कनुभएका ओली केहीबेर अघि आफ्नो निवास बालकोट पुग्नुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)