हेजिङसम्बन्धी नयाँ नियमावली मन्त्रिपरिषद्मा
lokaantar.com · Wed Feb 23 23:56:43 GMT 2022
हेजिङसम्बन्धी नियमावली– २०७८ तयार भई पारित गर्नका लागि मन्त्रिपरिषद्मा पठाइएको छ ।
२०७५ सालमा सरकारले जारी गरेको यससम्बन्धी नियमावली प्रभावकारी हुन नसकेपछि सरकारले नयाँ नियमावली ल्याउन लागेको हो । राष्ट्र बैंकसँग समन्वय गरी अर्थ मन्त्रालयले नियमावली तयार गरेर मन्त्रिपरिषद्मा पठाएको अर्थसचिव मधुकुमार मरासिनीले अभियानलाई बताएका छन् । उनका अनुसार मन्त्रिपरिषद्मा पठाइएको नियमावलीमा पहिलेको नियमावलीका धेरै विषय सुधार गरिएको छ । दुई अर्बमाथिका स्वास्थ्य, कृषि, शिक्षा, पर्यटन, सूचना प्रविधि, औद्योगिक पूर्वाधार, शहरी विकाससम्बन्धी पूर्वाधारले पनि यो सुविधामा भाग लिन पाउने प्रस्ताव गरिएको छ भने पुरानो हेजिङमा नसमेटिएको हरित पूर्वाधारमा गरिने लगानीलाई समेत समावेश गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)