मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

बझाङमा निरन्तर भूकम्पको धक्का : सडक, कान्लामा पीडितको बास

ekantipur.com · Thu Oct 05 01:40:26 GMT 2023

बझाङ — मंगलबार दिउँसो गएको ६.३ म्याग्निच्युडको भूकम्पपछि बझाङमा निरन्तर सानाठूला परकम्प जाने क्रम जारी छ । मंगलबारको रात खुला आकाश, सडक, चौरमा कटाएका स्थानीय बुधबार पनि घरमा पस्न सकेका छैनन् । अधिकांश घरहरू भूकम्पले चर्किएको र निरन्तर परकम्पहरू आइरहेका कारण स्थानीयहरू घरभित्र सुत्न डराइरहेका हुन् ।

सदरमुकाम चैनपुरकी बासिन्दा अनिता शाहीले मंगलबारदेखि पाँच–दस मिनेटको फरकमा धर्ती हल्लेको हल्लेई भएको र त्यसका कारण घरहरू चर्किएको बताइन् । ‘भित्र बसौं भने कुन बेला भत्किने हो भन्ने डरले बाहिरै बसेका छौं,’ उनले भनिन्, ‘केटाकेटीले डरले राम्रोसँग खाना खान पनि सकेका छैनन् । सबैको बिजोग छ ।’ रातभर चिसो भुइँ र खुला आकाशमा सुत्नुपरेका कारण बालबालिका र वृद्धवृद्धाहरू चिसो लागेर बिरामी हुन थालेको उनले बताइन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)