मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विपक्षी दलको अवरोधबीच पेलेरै अघि बढे सभामुख

shilapatra.com · Tue May 26 09:26:24 GMT 2026

सभामुख डीपी आर्यालले विपक्षी दलहरूलाई पेलेरै संसद बैठक अघि बढाएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठक नियमित कार्यसूचीमा प्रवेश गरेसँगै विपक्षी दलका सांसदहरूले संसदमा विरोध गरेका थिए ।

अवरोधपछि विपक्षी दलका प्रमुख सचेतकलाई बाेल्न सभामुखले समय दिएका थिए । उनीहरूलै संसदमा प्रधानमन्त्री वालेन्द्र शाहले जवाफ दिनुपर्ने अडान कायम राखेका छन्

विपक्षीको कुरामा ध्यानाकर्षण भएको भन्दै सभामुख अर्यालले बसेर बैठक अघि बढाउन आग्रह गरेका थिए ।

पटकपटकको आग्रह विपक्षी दलका सांसदहरूले अस्वीकार गरेपछि सभामुख अर्यालले अवरोधकाबीच पर्यटनमन्त्री खडकराज पौडेललाई पर्यटन विधेयक २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्न समय दिएका थिए । सो विधेयकमाथि छलफल चलिरहेको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ १२, २०८३

१५:११

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)

सम्बन्धित विषय