शुक्लाफाँटामा कृष्णसारको संख्या तीन सयभन्दा बढी
nepalnews.com · Fri Jun 19 04:58:28 GMT 2026

कञ्चनपुर। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हीरापुर संरक्षण क्षेत्रमा संरक्षित दुर्लभ वन्यजन्तु कृष्णसारको सङ्ख्या बढेर ३१३ पुगेको छ । संरक्षण कार्यक्रम सुरु भएको करिब डेढ दशकपछि कृष्णसारको संख्या उल्लेखनीय रूपमा वृद्धि भए पनि बढ्दो संख्यासँगै व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको हो ।
निकुञ्जको पछिल्लो तथ्यांकअनुसार कृष्णसारका वयस्क भाले ८१, अर्धवयस्क भाले २०, वयस्क पोथी १०२, अर्धवयस्क पोथी २६ र लिंग पहिचान हुन बाँकी ८४ पाठापाठी रहेका निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले जानकारी दिए । उनका अनुसार संरक्षण कार्यक्रमको सफलतासँगै कृष्णसारको संख्या निरन्तर बढिरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)