कक्षा १२ को नतिजा सार्वजनिक
kalakarmi.com · Fri Jun 19 04:59:20 GMT 2026

(फाइल तस्विर)
भक्तपुर– राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । शुक्रवार बिहान नतिजा सार्वजनिक भएको हो ।
गत वैशाख १४ गतेदेखि २७ गतेसम्म कक्षा १२ को परीक्षा सञ्चालन भएको थियो । यो परीक्षामा ४ लाख १८ हजार ८ जना परीक्षार्थी सहभागी थिए । उनीहरुमध्ये ६४।१३ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएको बोर्डले जनाएको छ ।
बोर्डका अनुसार ५ हजार ३३९ विद्यालयका नियमिततर्फ ३ लाख ३२ हजार १७८ विद्यार्थीले परीक्षा दिएका थिए । उनीहरुमध्ये १ लाख ७२, हजार ०१२ छात्र र १ लाख ६० हजार १३७ छात्रा र अन्य २९० जना थिए ।
बोर्डका अनुसार देशभर १ हजार ४२० र जापानमा १ समेत गरी कूल १ हजार ४२१ परीक्षा केन्द्र निर्धारण गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)
राष्ट्रिय परीक्षा बोर्ड