गण्डकीमा पाण्डेलाई विश्वासको मत, किन गरे देवकोटाले ‘फ्लोर क्रस’ ?
ekantipur.com · Tue Jun 11 00:22:41 UTC 2024

पोखरा — गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार संसद्मा विश्वासको मत पाएका छन् । ६० सदस्यीय प्रदेशसभामा पाण्डेले पक्षमा ३१ मत पाएका हुन् । यसअघि नै तय कांग्रेसका २७, राप्रपाका २ र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) ले पाण्डेलाई विश्वासको मत दिनु जति सामान्य रह्यो, त्यति नै नेपाल समाजवादी पार्टीका सांसद फणीन्द्र देवकोटाको ‘फ्लोर क्रस’ चर्चामा रह्यो ।
माओवादीको चुनाव चिह्नबाट निर्वाचित देवकोटाको मतका आधारमा नै पाण्डेले पक्षमा ३१ सांसदको बहुमत जुटाउन सकेका हुन् । जबकि माओवादीले विश्वासको मतको विपक्षमा मत दिन ह्विप जारी गरेको थियो । विपक्षमा एमालेका २२ र माओवादीका ६ सांसदले मतदान गरेका थिए । विश्वासको मत पाएसँगै मुख्यमन्त्री पाण्डे सरकारले गण्डकीमा निरन्तरता पाएको छ । मुख्यमन्त्री पाण्डे संविधानको धारा १६८ (३) बमोजिम संसद्को ठूलो दलको नेताका हैसियतमा जेठ १६ मा नियुक्त भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)