मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

राष्ट्रिय वाणिज्य बैङ्कबाट स्टार्टअप उद्यम कर्जा

gorkhapatraonline.com · Tue Jun 11 00:29:18 UTC 2024

काठमाडौँ, जेठ २९ गते । स्टार्टअप उद्यम कर्जाका लागि सिफारिस गरिएका परियोजनालाई कर्जा लिनका लागि राष्ट्रिय वाणिज्य बैङ्कको शाखा कार्यालय तोकिएको छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले स्टार्टअप उद्यम कर्जाका लागि सिफारिसमा परेका १८३ वटा परियोजनालाई कर्जा लिनका लागि सम्बन्धित जिल्लाको राष्ट्रिय वाणिज्य बैङ्कको शाखा कार्यालय तोकिएको हो ।

प्रतिष्ठानले सिफारिसमा परेका परियोजनामा प्रस्तावकहरूलाई व्यवसाय दर्ता र नवीकरणको सक्कल प्रमाणपत्र, प्यान, भ्याट दर्ताको सङ्कलन प्रमाण नागरिकताको सक्कल प्रमाणपत्र, आधिकारिक व्यक्तिको पासपोट साइजको तीन प्रति फोटो र फर्म वा कम्पनीको छापसहित तोकिएको बैङ्कको शाखा कार्यालयमा उपस्थित हुन सूचना प्रकाशित गरेको छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले स्टार्टअप उद्यम अन्तर्गत उद्यम कर्जा प्रवाह गर्न १८३ वटा परियोजनाको प्रस्ताव छनोट गरेको छ । छनोटमा परेका परियोजनाले तीन प्रतिशत ब्याजमा पाँचदेखि २० लाख रुपियाँसम्म कर्जा प्राप्त गर्ने छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले ‘स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि २०८०’ मार्फत एक जनालाई तीन प्रतिशत ब्याजमा अधिकतम २५ लाख रुपियाँसम्म कर्जा प्रवाह गर्न सक्ने व्यवस्था गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)