पर्यटन मन्त्रालयका १७ निकायमा रोष्टर सूचीका लागि ४ हजारभन्दा बढी आवेदन
arthadabali.com · Tue May 26 09:35:29 GMT 2026

काठमाडौँ / संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतका विभिन्न १७ वटा निकायमा रिक्त पदका लागि आह्वान गरिएको रोष्टर सूचीमा ४ हजार ३ सय ४८ जनाले आवेदन दिएका छन्।
मन्त्रालयले मंगलबार जानकारी दिँदै तोकिएको समयसीमाभित्र कुल ४ हजार ३ सय ४८ आवेदन प्राप्त भएको जनाएको हो। मन्त्रालयले वैशाख ३१ गते रोष्टर सूचीका लागि आवेदन आह्वान गरेको थियो भने जेठ ६ गतेसम्म अन्तिम म्याद तोकिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)