प्युठानमा भीरबाट लडेर एक जनाको मृत्यु
gorkhapatraonline.com · Fri Jun 19 05:18:19 GMT 2026

प्युठानको नौबहिनी गाउँपालिका–६ लुङलेकमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा स्थानीय ५१ वर्षीय मतबहादुर केसी रहेका छन्। उनी गुल्मीबाट घर फर्किने क्रममा गोरेटो बाटोबाट करिब १५० मिटर तल रहेको घोप्टे भीरमा लडेर मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिनुभयो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)