भारतले बनायो ३० परमाणु हतियार
barnanmedia.com · Fri Sep 11 04:27:45 GMT 2026

भारतले पछिल्लो समय आफ्नो परमाणु हतियारको भण्डार बढाउँदै लगेको अमेरिकी संस्था फेडरेसन अफ अमेरिकन साइन्टिस्ट्स (एफएएस) को नयाँ अनुमानले देखाएको छ । एफएएसका अनुसार भारतसँग अहिले करिब १९० वटा असेम्बल्ड परमाणु हतियार रहेको अनुमान छ । अघिल्लो अनुमानको तुलनामा यो झन्डै ३० थान धेरै हो ।
एफएएसका अनुसार भारतसँग रहेका १९० मध्ये १६० भन्दा बढी परमाणु हतियार हाल सक्रिय रहेका डेलिभरी सिस्टमसँग जोडिएका छन् । बाँकी हतियार भने भविष्यमा सञ्चालनमा आउने मिसाइल तथा अन्य प्रणालीका लागि तयार अवस्थामा राखिएको अनुमान गरिएको छ । परमाणु शक्ति सम्पन्न देशहरूले आफ्नो वास्तविक परमाणु हतियारको संख्या सार्वजनिक नगर्ने भएकाले एफएएसको तथ्यांक अनुमानमा आधारित हुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)