बैंकर्स संघको बजेट सुझाव: करदर घटाउनदेखि ब्याज करसम्म व्यापक सुधारको माग
aarthiknews.com

काठमाडौँ। नेपाल बैंकर्स संघले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटका लागि सरकारसमक्ष बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित कर संरचना, नीतिगत व्यवस्था र प्रशासनिक प्रक्रियामा व्यापक सुधारको प्रस्ताव गरेको छ । संघले संस्थागत आयकर घटाउनेदेखि व्यक्तिगत करको सीमा बढाउनेसम्मका सुझाव दिँदै लगानीमैत्री र स्थिर कर प्रणाली आवश्यक रहेको जनाएको छ ।
संघले हाल बैंक तथा वित्तीय संस्थामा लाग्दै आएको ३० प्रतिशत संस्थागत आयकरलाई घटाएर २५ प्रतिशत कायम गर्न माग गरेको छ । कर दर घटेमा बैंकहरूको नाफा क्षमता बढ्ने, सेयरधनीलाई प्रतिफल सुधार हुने र समग्रमा लगानी तथा आर्थिक विस्तारमा सहयोग पुग्ने संघको तर्क छ ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)