विराटनगरमा कांग्रेस नेता गिरीको घरमा प्रहरीको छापा
kendrabindu.com · Sat Jun 27 03:47:38 GMT 2026

विराटनगर । विराटनगरमा कांग्रेस नेता अभिषेक गिरीको घरमा प्रहरीले खानतलासी गरेको छ । शनिबार बिहान जिल्ला प्रहरी कार्यालय मोरङको प्रहरी टोलीले विराटनगर–१० स्थित गिरीको घरमा खानतलासी गरेको हो ।
गिरीको घरमा अवैध हतियार लुकाएर राखिएको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले गिरीको घरमा खानतलासी गरेको बताइएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता एवं डीएसपी महेन्द्रकुमार मिश्रले प्रहरी टोली फर्किएर आएपछि थप विवरण आउने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)