खालिदा जियाको निधनमा शेख हसिनाद्वारा शोक व्यक्त
barnanmedia.com · Tue Dec 30 21:15:00 GMT 2025

बङ्गलादेश अवामी लिगकी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री शेख हसिनाले मङ्गलबार बङ्गलादेशकी पूर्वप्रधानमन्त्री एवं बङ्गलादेश नेसनालिस्ट पार्टी (बिएनपी) की अध्यक्ष बेगम खालिदा जियाको निधनप्रति गहिरो शोक व्यक्त गर्नुभएको छ ।
अवामी लिगको आधिकारिक पोस्टमार्फत जारी गरिएको शोक सन्देशमा शेख हसिनाले भन्नुभएको छ, “म बिएनपीकी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाको निधनमा गहिरो समवेदना प्रकट गर्दछु । बङ्गलादेशको पहिलो महिला प्रधानमन्त्रीका रूपमा तथा लोकतन्त्र स्थापनाको सङ्घर्षमा उहाँले निर्वाह गर्नुभएको भूमिकाका कारण राष्ट्रका लागि उहाँको योगदान महत्त्वपूर्ण थियो र सधैँ स्मरण गरिनेछ । उहाँको निधनले बङ्गलादेशको राजनीतिक जीवन र बङ्गलादेश नेसनालिस्ट पार्टीको नेतृत्वमा गहिरो क्षति पुगेको छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)