पर्यटन बोर्डको सीईओ पदका लागि दरखास्त आह्वान
kendrabindu.com · Fri Sep 11 04:39:28 GMT 2026

काठमाडौं । नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख (सीईओ) पदका लागि दरखास्त आह्वान गरिएको छ। आज भदौ २६ गते प्रकाशित सूचनाअनुसार नेपाल पर्यटन बोर्ड ऐन, २०५३ बमोजिम स्थापना भएको नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख पदका लागि योग्यता पुगेका उम्मेदवारबाट आवेदन मागिएको हो।
इच्छुक उम्मेदवारले यो सूचना प्रकाशन भएको मितिले १० (दश) दिनभित्र आवश्यक सम्पूर्ण कागजातसहित दरखास्त दिन सक्नेछन्। दरखास्त दिने अन्तिम दिनमा सार्वजनिक बिदा परेमा लगत कार्यालय खुलेको दिनको कार्यालय समयभित्र दरखास्त पेस गर्न सकिनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)