टीभीएस एनटर्क १२५ रेस एक्सपी ब्लेज ब्लु सार्वजनिक, के-के छ विशेषता ?
corporatenepal.com · Fri Jun 19 05:20:42 GMT 2026

काठमाडौं । नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टीभीएस एनटर्क १२५ रेस एक्सपी ब्लेज ब्लु’ कलर नेपाली बजारमा सार्वजनिक गरेको छ।
जगदम्बा मोटर्सले बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा आयोजित एक कार्यक्रममा नयाँ स्कुटर सार्वजनिक गरेको हो ।
Advertisement
नयाँ ब्लेज ब्लु भेरियन्टमार्फत टिभिएसले एनटर्क १२५ रेस एक्सपीको स्पोर्टी तथा युवा लक्षित पहिचानलाई थप मजबुत बनाएको छ। १२५ सीसी सेग्मेन्टका ग्राहकलाई लक्षित गरी ल्याइएको यो स्कुटरमा आकर्षक ब्लेज ब्लु रंग, रेसिङ प्रेरित ग्राफिक्स, शार्प डिजाइन र स्पोर्टी लुक दिइएको छ । कम्पनीका अनुसार यसले स्टाइल, पर्फर्मेन्स र दैनिक प्रयोगको सहजतालाई एकैसाथ समेटेको छ ।
टिभिएस एनटर्क १२५ रेस एक्सपी टिभिएस रेसिङको पर्फर्मेन्स डीएनएमा आधारित स्कुटर हो । नयाँ ब्लेज ब्लु संस्करणले त्यसको पहिचानलाई अझ प्रभावशाली बनाउँदै युवा तथा पर्फर्मेन्स रुचाउने राइडरलाई लक्षित गरेको कम्पनीको भनाइ छ ।
स्कुटरमा परीक्षणअनुसार ५० किलोमिटर प्रतिलिटर माइलेज र लाइफटाइम वारेन्टीको सुविधा उपलब्ध रहेको कम्पनीले जनाएको छ । यी सुविधाले ग्राहकलाई भरपर्दो स्वामित्व अनुभव प्रदान गर्ने विश्वास कम्पनीको छ ।
उक्त अवसरमा जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक रौनियारले टिभिएस एनटर्कले सुरुदेखि नै पर्फर्मेन्स, प्रविधि र बोल्ड डिजाइन मन पराउने युवा राइडरसँग राम्रो सम्बन्ध स्थापित गरेको बताए । नयाँ ब्लेज ब्लु भेरियन्टले एनटर्कको पहिचानलाई थप आकर्षक बनाउने र ऊर्जाशील जीवनशैली भएका ग्राहकलाई विशेष रूपमा आकर्षित गर्ने उनको विश्वास छ ।
जगदम्बा मोटर्सले देशभर रहेका आफ्नो आधिकारिक टिभिएस शोरुममार्फत नयाँ टिभिएस एनटर्क १२५ रेस एक्सपी ब्लेज ब्लु उपलब्ध गराउने जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)