मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सन् २०२३ देखिका डेढ लाख बढी ड्राइभिङ लाइसेन्स वितरण गर्दै यातायात व्यवस्था कार्यालय कास्की

techpana.com · Tue May 26 10:01:00 GMT 2026

काठमाडौँ । यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, कास्कीले सन् २०२३ देखि रोकिएका एक लाख ५० हजारभन्दा बढी ‘ब्याकलग’ लाइसेन्स र नयाँ प्रणालीअनुसार छापिएका लाइसेन्सहरू वितरण सुरु गरेको छ । कार्यालयले हालै एक सूचना जारी गर्दै नयाँ, नवीकरण तथा वर्ग थपका लागि राजस्व बुझाएका सेवाग्राहीको लाइसेन्स कार्यालय आइपुगेको जानकारी दिएको हो ।

कास्की कार्यालयले विशेषगरी गत वैशाख २ गतेदेखि २८ गतेसम्म राजस्व बुझाएका सेवाग्राहीहरूको लाइसेन्स वितरणलाई प्राथमिकतामा राखेको छ । सरकारले आवेदन दिएको २४ घण्टाभित्रै लाइसेन्स छाप्ने निर्णय लागु गरेपछि कास्की कार्यालयमा प्राप्त भएको यो पहिलो खेप हो ।

स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)