साँघुरो अस्पताल, ठूलो उपचार
nagariknews.nagariknetwork.com · Fri Jun 19 05:22:56 GMT 2026

बिरामीका लागि उपचार गर्ने अस्पतालहरू फराकिलो र सहज हुनुपर्छ। उसै त क्यान्सरका बिरामी पुग्ने कुनै पनि अस्पताल थप सहज र शान्त हुनुपर्छ, तर लामो समयदेखि क्यान्सर उपचारमा तल्लीन भक्तपुर क्यान्सर अस्पताल भने बिरामीमैत्री छैन।
साँघुरो बाटो, नमिलेका अप्ठेरा भवन, छरिएर रहेका सेवाले यस्ता बिरामीका निम्ति उसै सकस देखिन्छ। अस्पतालको टिकट काउन्टर, क्यास काउन्टर, बहिरङ्ग सेवा लिन पर्खने ठाउँदेखि किमोथेरापी लिने कक्षहरू सबै साँघुरा र हल्लामय भेटिन्छन्। बुधबार नागरिककर्मी पुग्दा अस्पतालको किमोथेरापी डे केयरको स्थिति दयनीय पाइयो। अस्पतालको पुरानो भवनको माथिल्लो छतमा टिनको छानामुनि एउटै कोठामा दर्जनौं बिरामीले किमोथेरापी लिइरहेका थिए। पाँचजना नर्सिङ कर्मचारीले उनीहरूलाई सेवा दिइरहेका थिए। उनीहरू थकित देखिन्थे।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)