हाकाहाकी संसद्बाट ४ अध्यादेश अघि बढाउँदै सरकार
bishowkhabar.com · Fri Jun 19 05:35:33 GMT 2026

काठमाडौं– प्रतिनिधिसभामा चारवटा अध्यादेश अगाडि बढाइने भएको छ ।
चालू अधिवेशन सुरु हुनुअघि सरकारले आठ वटा अध्यादेश ल्याएको थियो, जसलाई २८ वैशाखमा दुवै सदनमा पेश गरिएको थियो ।
तीमध्ये चार अध्यादेश शुक्रबार प्रतिनिधिसभामा स्वीकृतिका लागि प्रस्ताव हुने भएका छन् ।
सरकारले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन), सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था, सार्वजनिक खरिद (दोस्रो संशोधन) र विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐन संशोधन अध्यादेश ल्याएको थियो ।
यस्तै स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐन संशोधन, सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन), सहकारी (पहिलो संशोधन) र केही नेपाल ऐन संशोधन अध्यादेश पनि पेश भएका थिए ।
कार्यसूचीअनुसार सार्वजनिक खरिद अध्यादेश कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले, मनी लाउन्डरिङ अध्यादेश अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले, सहकारी अध्यादेश भूमि व्यवस्था, सहकारी तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी अध्यादेश स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वीकृतिका लागि प्रस्ताव गर्नेछिन् ।
प्रतिक्रिया दिनुहोस्
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)
काठमाडौँ
स्वर्णिम वाग्ले