झापाकाे केर्खामा दर्जनौँ सेल अश्रुग्याँस प्रहार, आठ सुरक्षाकर्मी घाइते
annapurnapost.com · Wed Oct 23 18:05:48 UTC 2024

झापा : हजुरबुवा र नातिनीको दुर्घटनामा मृत्यु भएपछि भड्किएको स्थिति नियन्त्रणमा लिन प्रहरीले झापाको केर्खामा दर्जनौँ सेल अश्रुग्यास प्रहार गरेको छ । नेपाल प्रहरीले १५ सेल र सशस्त्र प्रहरी बलले १४ सेल अश्रुग्यास फायर गरेको हो । आक्रोशित स्थानीयले ढुंगामुढा गर्दा नेपाल प्रहरीतर्फ ५ जना र सशस्त्र प्रहरीतर्फ ३ जना घाइते भएका छन् । आक्रोशित स्थानीयले केर्खामा रहेको प्रहरी बिट र ट्राफिक प्रहरी बिटमा ढुङ्गामुढा, तोडफोड र आगजनी गरेका छन् ।
त्यस्तै स्थानीयले ढुङ्गामुढा गर्दा घटनास्थलनजिकै रहेको मे १ ख २७४४ नम्बरको न्यु सूर्योदय यातायात यात्रुवाहक बसको अगाडीको सिसा चर्किएको छ । त्यस्तै बायाँ साइडको ४/५ वटा झ्यालको सिसा फुटेको छ । जस कारण पूर्व-पश्चिम राजमार्ग अवरुद्ध बनेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)