बडिगाडको फोर्सामा पहिलो पटक पुग्यो मोटर, पाँच किलोमिटर ट्र्याक खोल्न तीन करोड २५ लाख खर्च
nagariknews.nagariknetwork.com · Fri Jun 19 05:35:47 GMT 2026

जिल्लाको बडिगाड गाउँपालिका-८ रनसिंह किटेनीको फोर्सामा पहिलो पटक सडक पुगेको छ। अप्ठ्योरा चट्टानी भूगोल छिचोलेर फोर्सा सडक पुर्याउन झण्डै चार वर्ष लागेको हो।
रनसिंह किटेनीको पुरानो गाउँसम्म पहिले नै सडक सञ्जाल पुगे पनि त्यहाँबाट पाँच किलोमिटर अगाडिको फोर्सामा सडक पुग्न सकेको थिएन। गण्डकी प्रदेश सरकारको एक करोड ५० लाख र बडिगाड गाउँपालिकाको एक करोड ७५ लाख रुपैयाँमा उक्त सडकको ट्र्याक खोल्ने काम सकिएको बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले बताइन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)