जडीबुटी कारोबारबाटै मनग्गे आम्दानी
ratopati.com · Wed Oct 23 20:00:00 UTC 2024

सुनसरी । संखुवासभाकी फुपु पोङ्सुवा शेर्पाले जडीबुटी व्यवसायलाई मुख्य पेसा बनाएको झण्डै दुई दशक भयो । हिमाल र पहाडमा संकलन भएका जडीबुटी बिक्री गर्न उनी लामो समयसम्म टाढा–टाढासम्म पनि पुगिन् ।
लामो समय तराईदेखि पहाडका विभिन्न स्थानमा डुल्दै जडीबुटी बिक्री गरेकी शेर्पाले अहिले भने इटहरी उपमहानगरपालिका–६ मा पसल नै सुरु गरेकी छन् । जडीबुटीबाट राम्रो आम्दानी हुन थालेपछि उनी यतिबेला संखुवासभा छाडेर धरान उपमहानगरपालिका–१५ मा बस्दै आएकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)