मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

संसद्‍मा हंगामा: नरेन्द्र केरुङले पाखुरा सुर्केपछि बासना थापाले सम्हालिन् (भिडियो)

ratopati.com · Tue May 26 10:24:55 GMT 2026

काठमाडौँ । प्रतिनिधि सभा बैठकमा पर्यटन विधेयक २०८२ माथिको सैद्धान्तिक छलफलका क्रममा आज संसद्‍मा तनावपूर्ण दृश्य देखियो।

विपक्षी दलहरूको विरोध र नाराबाजीका बीच सभामुख डीपी अर्यालले सदनको कारबाही अघि बढाएपछि अवस्था झन् उग्र बनेको हो ।

विपक्षी दलहरूले प्रधानमन्त्रीले सदनमा आएर जवाफ नदिएको विषयमा असन्तुष्टि जनाउँदै विरोध गरिरहँदा रास्वपा सांसद जगदीश खरेलले विपक्षीलाई नै आरोप लगाएपछि कांग्रेस सांसद नरेन्द्र कुमार केरुङ निकै आक्रामक रूपमा प्रस्तुत भए।

उनले आवेशमा आएर पाखुरा सुर्किन थालेपछि कांग्रेस प्रमुख सचेतक बासना थापाले तत्काल सक्रियता देखाउँदै केरुङलाई संयमित पार्ने र सम्हाल्ने प्रयास गरेकी थिइन्।

विपक्षीको अवरोध र होहल्लाकै बीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खरेल रोस्टममा पुगेका थिए। उनले आफ्नो मन्तव्य राख्ने क्रममा विपक्षी दलहरूमाथि गम्भीर आरोप लगाएपछि संसद्‍को वातावरण बिग्रिएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)

सम्बन्धित विषय