संसदमा जगदीश खरेलले तमासा भनेर विपक्षीकाे पारो तताएपछि ...
shilapatra.com · Tue May 26 10:23:00 GMT 2026

प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह उपस्थित भएर जवाफ दिनुपर्छ भन्दै विपक्षी दलहरूले बैठक अवरोध गर्दै आएका छन् । विपक्षी दलको विरोधलाई तताउने काम गरे सत्तारुढ रास्वपाका सांसद जगदीश खरेलले । मंगलबार उनले विपक्षीहरूले गरेको विरोधलाई ‘तमासा’काे संज्ञा दिए । त्यसपछि विपक्षी सांसदहरू थप आक्रोशित बनेका थिए ।
त्यसअघि सभामखु डीपी आर्यालले विपक्षी दललाई पेलेरै बैठक अघि बढाएका थिए । विपक्षीको विरोधकाबीच कार्यसूची अनुसार पर्यटन विधेयकको सैद्धान्तिक छलफलमा भाग लिन रोस्ट्रममा पुगेका सांसद खरेलले सुरूबाटै विपक्षी सांसदहरूलाई आरोपित गर्ने काम गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)
बालेन शाह