न्यायको लडाइँमा नयाँ पुस्ता
nagariknews.nagariknetwork.com · Fri Jun 19 05:37:16 GMT 2026

सुर्खेतको वीरेन्द्रनगरका ऋषि वलीलाई नेपालमा चलेको दस बर्से सशस्त्र द्वन्द्वको सम्झना छैन। ऋषिकी दिदी दीपालाई तत्कालीन शाही नेपाली सेनाले भेरीगंगा नगरपालिकाको रामघाटबाट २०६० साउन २३ गते नियन्त्रणमा लिएर छिन्चुस्थित ब्यारेकमा पुर्यायो। सेनाको नियन्त्रणमा लिँदा दीपा १४ वर्षकी मात्रै थिइन्। पढ्दापढ्दै माओवादीको ‘होलटाइमर’ बनेकी थिइन्। केही दिनपछि दीपाले लेखेको चिठी घरमा आइपुग्यो।
चिठीमा लेखिएको थियो, ‘मम्मी! मलाई भेट गर्न किन आउनु हुँदैन? तत्कालै हजुरले भेट गर्न आउनु भएन भने मेरो मुख पनि हेर्न पाउनु हुनेछैन्। म बाघको पञ्जामा छु। सायद त्यो बाघले खेलाई–खेलाई कति खेर खान्छ थाहा छैन।’
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)