जेनजी आन्दोलनमा जलाइएको बानेश्वर प्रहरी वृत्त भवनको पुनर्निर्माणपछि हस्तान्तरण
ratopati.com · Fri Jun 19 05:55:59 GMT 2026

काठमाडौँ । काठमाडौँको नयाँ बानेश्वरमा जेनजी आन्दोलनका क्रममा आगजनी गरी क्षतिग्रस्त बनाइएको बानेश्वर प्रहरी वृत्तको भवन पुनर्निर्माण सम्पन्न भएपछि आज प्रहरीलाई हस्तान्तरण गरिएको छ ।
भवन मर्मत सम्भार तथा पुनर्स्थापना समितिले पुनर्निर्माणको काम पूरा गरी एक विशेष कार्यक्रमका बिच भवन बुझाएको हो ।
झन्डै १ करोड ५० लाख रुपैयाँको लागतमा भवनको मर्मत सम्भार र पुनर्स्थापना गरिएको समितिले जनाएको छ । पुनर्स्थापित भवनको उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्की, प्रतिनिधि सभा सदस्य रन्जु दर्शना, सुनिल केसी लगायत उच्च पदस्थ अधिकारी र स्थानीय जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
आन्दोलनका क्रममा आक्रोशित भिडले वृत्तको भौतिक संरचनामा ठुलो क्षति पुर्याएपछि सेवा प्रवाह र सुरक्षा व्यवस्थापनमा समस्या हुँदै आएको थियो । त्यसलगत्तै स्थानीय स्तरमा क्याप्टेन रमेश श्रेष्ठको संयोजकत्वमा भवन मर्मत सम्भार तथा पुनर्स्थापना समिति गठन गरी तीव्र गतिमा पुनर्निर्माणको काम अगाडि बढाइएको थियो ।
आधुनिक र सुविधासम्पन्न रूपमा पुनर्निर्माण गरिएको यो भवन हस्तान्तरण भएसँगै बानेश्वर क्षेत्रको सुरक्षा सेवा प्रवाह थप व्यवस्थित र प्रभावकारी हुने विश्वास प्रहरी प्रशासनले लिएको छ ।
(तस्बिरहरू: नेपाल फोटो लाइब्रेरी)
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)
प्रतिनिधि सभा