क्यान्सर र स्नायु उपचारमा आधुनिक प्रविधिको विस्तार
annapurnapost.com · Fri Jun 19 05:48:09 GMT 2026

काठमाडौं : भारतको प्रसिद्ध एपोलो अस्पतालले क्यान्सर सर्जरी र स्नायु उपचारका क्षेत्रमा भएका अत्याधुनिक प्रगतिबारे जानकारी दिएको छ।
काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा ग्यास्ट्रोइन्टेस्टाइनल तथा हेपाटोप्यान्क्रियाटोबिलियरी (एचपीबी) सर्जिकल अंकोलोजीका लिड कन्सल्टेन्ट डा. निखिल अग्रवाल, न्युरोसर्जरीका वरिष्ठ कन्सल्टेन्ट डा. शशांक शरद काले तथा न्युरोसर्जरी एवं न्युरोइन्टरभेन्सनका कन्सल्टेन्ट डा. अंकित जैनले आधुनिक उपचार प्रविधिबारे अन्तक्र्रिया गरे। कार्यक्रममा डा. कालेले ब्रेन ट्युमरको सफल उपचारका लागि प्रारम्भिक पहिचान अत्यन्त महत्वपूर्ण हुने बताए। लगातार टाउको दुख्ने, कारणबिनै बान्ता हुने, धमिलो वा दोहोरो देखिने, छारे रोगजस्तो काम्ने तथा हातखुट्टा कमजोर हुने जस्ता लक्षण देखिए तुरुन्त विशेषज्ञको परामर्श लिन उनले सुझाव दिए।
उनका अनुसार न्युरोनेभिगेसन, सर्जिकल माइक्रोस्कोप, क्युसा तथा मिनिमली इन्भेसिभ इन्डोस्कोपिक प्रविधिले स्वस्थ मस्तिष्कका तन्तुलाई न्यून क्षति पु¥याउँदै ट्युमर हटाउन मद्दत गरिरहेका छन्। साथै, ज्याप–एक्ससहितका स्टेरियोट्याक्टिक रेडियोसर्जरी प्रविधिले निश्चित प्रकारका ब्रेन ट्युमरका लागि बिना शल्यक्रिया उपचारको सम्भावना बढाएको उनले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)